०४ आषाढ २०८१, सोमबार

चट्याङ लागेर साउनेमा एक जनाको मृत्यु

कान्छो खवर । बुधबार, जेठ १६, २०८१

गाईघाट १६ जेष्ठ ।

बर्षा संगै परेको चट्याङ लागेर बिहिवार दिउसो त्रियुगाको साउनेमा एक जनाको मृत्यु भएको छ। दिउसो करिब ३.२० बजेको समयमा हुरीबतास र बर्षा संगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका १४ साउनेका ५५ बर्षिय सर्बधन राईको घटना स्थलमै मृत्यु भएको वडाअध्यक्ष हेम मगरले बताए ।

उनले राईको घरमा चट्याङ पर्दा कोठा भित्र रहेका उनको टाउको फुटेको बताए ।उनको तत्काल लै मृत्यु भएको गाउलेको भनाइ उदृत गर्दै मगरले बताए ।घटनास्थलमा अहिले प्रहरी टोलि पुगेर अनुसन्धान गर्दै गरेको मगरले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्