कान्छो खवर । शनिबार, जेठ १२, २०८१
गाईघाट १२ जेष्ठ ।
बर्सेनि सप्तकोशीले कटान गर्दै आएको बेलका नगरपालिका ८ स्थित डुम्रीबोट शिसौली पश्चिम् कोशी धारमा बिगबोल्ड ड्यामको निर्माण कार्य सुरु भएको छ।
सनिवार मेयर अशोक कार्कीले भुमि पुजन गरि निर्माण कार्यको थालनी गरिएको हो ।कोशी तथा बक्राह नदि ब्यबस्था आयोजना मार्फत संघीय सरकारले उपलब्ध गराएको ४९ लाख रुपैयाको लागतमा उपभोक्ता मार्फत कोशी कटान नियन्त्रणको काम सुरु गरिएको मेयर कार्कीले बताए । उनले अब बर्षा सुरु हुन लागेकोले यो महिना भित्र मै ड्याम निर्माणको काम सक्ने गरि काम सुरु गरिएको बताए ।
कोशी कटान नियन्त्रणको काम भारत सरकारको भए पनि उस्ले बजेटको ब्यबस्था नगरी दिदा कोशी कटान नियन्त्रणको काम हुन सकेको थिएन । कोशीले बिगत ३ बर्ष देखि निरन्तर पश्चिम् तर्फ कटान गर्दा कोशी गाउँ बस्तीमा पसेर क्षति पुर्याएको थियोे ।
गत बर्ष पनि काङ्ग्रेस नेता डा. नारायण खड्काको पहलमा सरकारले उपलब्ध गराएको रकमले कोशी कटान रोकथामको काम भएको थिए ।यो बर्ष पनि डा.खड्काको पहलमा झन्डै ५० लाख सरकारले कोशी नियन्त्रणको लागि उपलब्ध गराएको मेयर कार्कीले बताए ।
उनले सरकारले कोशी कटान नियन्त्रणमा उदासिन देखाएकोले बजेट पर्याप्त पर्न नसकेको बताए ।कोशी कटान नियन्त्रणको लागि १ अरब जति पर्न सके पश्चिम् तर्फमा सालनि भैरहेको कोशी कटान पुर्ण रूपमा नियन्त्रणमा आउने उनले बताए ।