०९ जेठ २०८१, बुधबार

फत्तेपुरमा बैंकका सुरक्षागार्डको हत्या

कान्छो खवर । बिहिबार, बैशाख २७, २०८१

साङ्केतिक फोटो

गाईघाट २७ बैशाख ।

सप्तरीको फत्तेपुरमा बैंक सुरक्षागार्डको हत्या भएको छ । सप्तकोसी नगरपालिका १ फत्तेपुर स्थित नेपाल बैंक लिमिटेडमा सुरक्षागार्डको रूपमा कार्यरत सोही नगरपालिका २का ५५ बर्षिय परशुराम फुयालको हत्या भएको प्रहरीले जनाएको छ ।

राति ड्युटीमा रहेका फुयालको बिहीबार बिहान सवा ६ बजे हत्या गरिएको अबस्थामा शब फेला परेको सप्तरीका प्रहरी नायब उपरीक्षक ढुन्डिराज न्यौपानेले बताए । उनले गार्डको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको बताए ।हत्या कस्ले गर्‍यो भन्ने बारेमा केहि खुलेको छैन ।

बिहान शब फेला परेको जानकारी आएपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्