०९ जेठ २०८१, बुधबार

बीच सडकमा स्काभेटर झर्दा सिद्धिचरण राजमार्ग बिहान देखि अबरुद्ध

कान्छो खवर । आइतबार, बैशाख २३, २०८१

फोटो : महेश्वर राई

गाईघाट २३ बैशाख ।

बीच सडकमा पल्टिएको सवारी साधन हटाउन ढिलाइ हुदा आइतबार बिहान देखि सिद्धिचरण राजमार्ग अबरुद्ध बनेको छ ।कटारी देखि घुर्मि तर्फ जादै गरेको ना १ क ७३ २३ नम्बरको ट्रकले बोकेर लादै गरेको स्काभेटर उकालोमा अचानक् गाडी बाट तल बीच सडकमा झरे पछी बिहान ७ बजे देखि बाटो अबरुद्ध भएको कटारी नगरपालिकाका मेयर राजेश श्रेष्ठले बताए ।

उनले बढी दुर्घटना हुने कटारी नपा ११ स्थित मिर्चैया -कटारी – घुर्मि सडक खण्डको ठाटिभञ्ज्याङ्मको उकालोमा ट्रकले लोड बढी भएकोले तान्न नसक्दा दुर्घटना भएको बताए ।गाडीका चालक सुशील राज खत्री सकुशल रहेको उनले बताए ।

सडकको बीचमा पल्टिएको स्काभेटर अझै हटाइएको छैन जसको कारण बिहान देखि सवारी साधनको ठुलो जाम लागेको छ ।गन्तव्य तर्फ हिडेको सवारी साधन बीच बाटोमा रोकिदा सयौं यात्रीहरु बिचल्लीमा परेको व्यावसायि पबन श्रेष्ठले बताए ।

उनले कटारी – घुमि सडकको बाटो मर्मत सम्भार गर्न स्काभेटर लादै गरेको बताए । उकालोमा आफै गाडी बाट स्काभेटर तल सडक बीचमा खसेको बताए । तर कुनै मानबिय क्षेति भने नभएको प्रहरीले जनाएको छ।स्काभेटर हटाउने प्रयास भैरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक सुभाश राईले बताए ।अहिले सिराहा बाट अर्को स्काभेटर मगाएको उनले बताए ।अब केहि समय पछी अबरुद्ध सडक खुल्ने उनले बताए ।

उक्त सडक खण्डमा सबै भन्दा बढी सडक दुर्घटना हुने गरेको छ।बाटो अलि अप्ठेरो र उकालो भएको कारण ठाटी भञ्ज्याङमा बढी दुर्घटना हुने गरेको स्थानिय प्रकास रोकाले बताए ।

कटारी घुर्मि सडक आयोजना भए पनि बजेट अभावले अहिले सम्म सडक स्तरउन्नतिको काम हुन सकेको छैन ।आयोजना कार्यालय स्थापना भएको ३ बर्ष भैसक्दा समेत बजेट आएको छैन।गत बर्ष लहान सडक डिभिजन बाट केहि सामान्य काम बाहेक अरु काम नभएको इन्जिनियर नारायण थापाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्