१७ आषाढ २०८२, मंगलबार

यातायात कार्यालयका कर्मचारी कुटिए

कान्छो खवर । सोमबार, बैशाख १७, २०८१

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै कर्मचारी

गाईघाट १७ बैशाख ।

यातायात ब्यबस्था सेवा कार्यालय गाईघाटका एक अधिकृत सेवाग्राहि बाटै कुटिएका छ्न ।काम ढिलो गरेको भन्दै सेवाग्राहिले छैठो तहका मेकानिकल सुपरभाईजर पुस्पेन्द्र कुमार यादबलाई आईतवार दिउसो हातपात गरेका थिए ।प्रहरीले कर्मचारी माथि हातपात गर्ने सौगात खत्री सहित ४ जनालाई पक्राउ गरेको छ ।

उक्त घटनाको बिरोधमा विभिन्न कर्मचारी संघसंगठनहरुले दोषी उपर कडा कार्बाहिको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएकाछ्न साथै उनिहरुले बिज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भर्सना गर्दै दोषी उपर कडा कार्बाहिको माग गरेकाछ्न ।बिज्ञप्ति नेपाल निजामती कर्मचारी संगठन ,निजामती कर्मचारी युनियन र एकीकृत कर्मचारी संगठनले सयुक्त रूपमा निकालेका हुन।

यहाँ कमेन्ट गर्नुहोस्