०९ जेठ २०८१, बुधबार

दनुवारलाई ठक्कर दिने सवारी साधन सहित चालक पक्राउ

कान्छो खवर । बिहिबार, बैशाख १३, २०८१

गाईघाट १३ बैशाख ।

प्रहरीले चालक सहित सवारी साधनलाई पक्राउ गरेको छ। गत शुक्रबार एक युवकको सवारी साधनको ठक्कर बाट मृत्यु भएको थियोे ।युवकलाई ठक्कर दिने गाडि पत्ता लाग्न सकेको थिएन ।

प्रहरीको निकै मिहिनेत पछि बिहिवार मात्र उक्त घटनामा सङ्लङ सवारी साधन र गाडीको चालक पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।

उनले पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका ७ का ३९ बर्षिय दुर्गा प्रसाद सिग्देल रहेको बताए । को १ च ९५१६ नम्बरको स्कारपियो गाडी सहित उनलाई मोरङ बाट पक्राउ गरिएको हो ।

गत शुक्रबार बिहान ३ बजे त्रियुगा नगरपालिका ९ माथने टोल स्थित मदन भण्डारी राजमार्गको सडक खण्डमा सोही वडाका २५ बर्षिय बबिन दनुवार सवारी साधनको ठक्कर बाट गम्भीर घाइते भएका थिए ।उनको उपचारको क्रममा मृत्यु भएको थियोे । दनुवारलाई ठक्कर दिने सवारी साधन भने पत्ता लाग्न सकेको थिएन ।

यहाँ कमेन्ट गर्नुहोस्