१० जेठ २०८१, बिहिबार

खोटाङमा जलेर एक वृद्धको मृत्यु

कान्छो खवर । बिहिबार, बैशाख १३, २०८१

मैनाचउर सामुदायिक बनमा लागेको डढेलो

खोटाङमा बुधबार दिउसो जलेर एक वृद्धको मृत्यु भएको छ।सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा जलेर राबाबेसी गाउपालिका १ कुभिन्डे स्थित हरम्टारका ८५ बर्षिय सिद्धि बहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुख बाट झरेको पतकर जम्मा गरि आफैंले डढाउदा आगो अनियंत्रित भै स्थानिय हरमटार मैनाचौर सामुदायिक बनमा फैलिएको आगो निभाउने क्रममा उनको दिउँसो जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काले बताए ।

आगोले जलेको अबस्थामा उनको शब दिउसो फेला परेको उनले बताए ।शब प्रक्रिया पुरा गरेर आफन्तलाई जिम्मा लगाइएको उनले बताए ।खोटाङमा अहिले धेरै सामुदायिक बनमा डढेलो लागेको छ। बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।डढेलो कै कारण खोटाङमा १३ वटा भन्दा बढी घर जलिसकेको छ् भने पशु चौपाया र घनमान गरि लाखौं रुपैया बराबरको क्षेति भएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्