०९ जेठ २०८१, बुधबार

खोटाङमा भिर बाट लडेर एक जनाको मृत्यु

कान्छो खवर । बिहिबार, बैशाख ०६, २०८१

गाईघाट ६ बैशाख ।

खोटाङमा बुधबार साझ भिर बाट लडेर एक जनाको मृत्यु भएको छ।बराह पोखरी ५ पौवासेरास्थित आफन्तको घरमा पास्निको भोज खाएर फर्कने क्रममा बराह गाबिस ४ फाक्टाङका ५८ बर्षिय राम बहादुर राईको साझ ६ बजे भिर बाट तल खस्दा घटना स्थल मै मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ।

भोजमा मादक पदार्थ सेबन गरेका राई मातेर भिर बाट तल खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटना स्थल बाट नजिक उदयपुर पर्ने भएकोले शबको पोस्टमार्टम गर्न बेल्टारस्थित स्वास्थ केन्द्रमा पठाइएको प्रहरी नायब उपरीक्षक पुरुषाेतम खड्काले बताए ।उनले घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्