०७ साउन २०८१, सोमबार

उदयपुरको बेलकामा बोलेरो गाडी दुर्घटनामा ६ को मृत्यु ७ घाइते

कान्छो खवर । बिहिबार, चैत्र ०१, २०८०

साङ्केतिक फोटो

गाईघाट  १ चैत  ।

उदयपुरको बेलका ७ मा बिहिवार भएको गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको  छ ।अन्य ७ जना  घाइते भएका छ्न ।भोजपुरको घोडेटार देखि सुनसरीको धरान तर्फ आउदै गरेको बोलेरो जिप भिर बाट झन्डै ४ सय मिटर तल खस्दा ६ जनाको घटना स्थलम मै मृत्यु भएको  प्रहरीले जनाएको छ ।घाइते ७ जनाको भने  उपचारको लागि धरान लगिएको छ ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन सकेको छैन ।मृत्यु हुनेहरु मध्ये २ पुरुष ,३ महिला र १ बालक रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि रमेश थापाले बताए  ।घटना लगत्तै प्रहरी टोलि पुगेर उद्धार गरेको उनले बताए । दुर्घटना कसरी भयो  भन्ने बारे केहि खुलेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्