०७ साउन २०८१, सोमबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कान्छो खवर । सोमबार, फाल्गुण २८, २०८०

गाईघाट  २८  फागुन  ।

बसको ठक्करबाट सोमबार बिहान्  मोटरसाईकल चालकको मृत्यु भएको छ ।मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको नेपालटार – गाईघाट सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा बिहान ८ बजे भएको दुर्घटना परी सुर्यदय नगरपालिका ११ इलामका २३ बर्षिय प्रगित राईको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुर्ब देखि पश्चिम् तर्फ आउदै गरेको प्रदेस १-०१०१६ प ४७६ नम्बरको मोटरसाइकललाई बिपरित दिशा बाट आइरहेको स १ ख ८१६ नम्बरको बसले ठक्कर दिदा राई गम्भीररुपमा घाइते भएका थिए  ।प्रत्यक्षदर्शि केसब कार्कीले बस गलत साइडमा आएर मोटरसाइकललाई ठक्कर दिएको बताए  ।उनले तीब्र गतिको बसले आफनै साइडमा हिडिरहेको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको जानकारी दिए । मोटरसाइकल चालक राइडर रहेको खुल्न आएको  छ ।मृतकको शब पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।आफन्त आएपछि शब बुझाइने ट्राफिक प्रहरी असइ तिलक पौडेलले बताए  ।

यहाँ कमेन्ट गर्नुहोस्