०७ साउन २०८१, सोमबार

पुर्ब प्रहरीले दर्ता गर्‍यो माग पत्र

कान्छो खवर । बिहिबार, फाल्गुण २४, २०८०

गाईघाट  २४ फागुन  ।

पुर्ब प्रहरी संगठनले बिहिवार ६ बुदे माग पत्र  सहित ज्ञापन पत्र जिल्ला प्रहरी कार्यलय उदयपुरमा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख एसपि रमेश थापाले  बुझ्न नमाने पछि उनिहरुले दिउसो कार्यालयमा दर्ता गराएका हुन ।

प्रहरी कल्याण कोषको न्यायोचित वितरण  भन्ने मुलनाराका साथ देश ब्यापि ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तगत नेपाल पुर्ब प्रहरी संगठन उदयपुरले आज  माग पत्र  दर्ता  गरेको  हो।

जिल्ला उपाध्यक्ष बल बहादुर खत्रीको नेतृत्वमा संगठनका पदाधिकारी सहितको पुर्ब प्रहरीको समुह प्रहरी कार्यलयमा ज्ञापन पत्र बुझाउन गएका थिए ।देशब्यापि कार्यक्रम रहेकोमा एसपि थापाले उक्त मागपत्र बुझ्न् मानेनन् ।उनले बुझ्न् नमाने पछि उनिहरुले कार्यलयमा दर्ता गराएका थिए ।

प्रहरी कल्याणकोष ब्यबस्थापन सन्चालक समितिको काम कामकारबाही विरुद्ध देशब्यापी बिरोधको कार्यक्रम केन्द्रिय प्रहरी संगठनले आयोजना गरेको हो ।माग ३५ दिन भित्र सम्बोधन हुनुपर्ने संगठनको माग  छ।

यहाँ कमेन्ट गर्नुहोस्