१९ फाल्गुण २०८०, शनिबार

मोरङ र सुनसरी बाट लागूऔषध र गाजा सहित ३ पक्राउ

कान्छो खवर । मंगलबार, माघ ०९, २०८०

गाईघाट ९ माघ  ।

प्रहरीले सुनसरी र  मोरङबाट  गाजा र लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई  पक्राउ  गरेको  छ ।प्रहरीको विशेष अप्रेसन टोलिले सोमबार दिउसो २ बजे  सुनसरीको देबानगन्ज गाउपालिका ६ नहरचोक स्थित रासिबाट भारत तर्फ जादै गरेको को १ ह ५०९९ नम्बरको अटो  रिक्साको पछाडिको दिकि बाट  प्लास्टिकको १ किलोको पोको बनाई राखेको ८० वटा पोको बाट ८० केजी  गाजा  बरामद गरेको  हो ।

 

बरामद गाजा सहित  अटाेचालक धरान उप महानगरपालिका ११ का २९ बर्षिय कुमार तामाङ  र अटोमा अवार  ३० बर्षिय राम बहादुर राईलाई नियन्त्रणमा लिइ अनुसन्धान  सुरु गरिएको कोशी प्रदेश  प्रहरी  कार्यालय  बिराटनगरले जनाएको  छ। प्रहरीले  सोमबारनै  बिराटनगर १५ स्थित १ नम्बर ढाटबाट  भारत अररिया  जोगबनि ११ धर्मशालाका २० बर्षिय बिशाल पोदारलाई ३ ग्राम ११ मिलिग्राम  ब्राउन सुगर सहित  पक्राउ  गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्