२१ आश्विन २०८१, सोमबार

गायक एबम संगीतकार बैधको निधन

कान्छो खवर । शुक्रबार, माघ ०५, २०८०

गाईघाट ५ माघ  ।

बरिस्ठ गायक एबम संगीतकार योगेश बैधको ७७ बर्षको उमेरमा शुक्रबार बिहान निधन  भएको  छ ।बिहिवार दिउसो स्वास्थमा समस्या आए पछि उनलाई काठमाण्डौ स्थित भ्याली अस्पताल भर्ना गरिएकोमा आज बिहान १२.३० बजे  निधन भएको पारिबारिक  स्रोतले जनाएको छ।

” सपना भुलाई सारा आशु लिएर जाउ ” जस्ता कालजयी गित गाएर  नेपाली गित संगीत  क्षेत्रमा छुट्टै पहिचान बनाएका बैधले २०२२ सालमा पहिलो गित रेकर्ड गराएका थिए ।

१२ बर्ष ९ महिनामै प्रबेशिका परिक्षा दिएर त्रिचन्द्र बाट बिएस्सि डिग्री पाएका थिए ।२३ बर्ष सरकारी जागीर खाएर बैध ०६१ मा सह- सचीव बाट रिटायर भएका थिए । लामो समय देखि ऊनी मधुमेह बाट पीडित थिए ।उनको दुई छोरी एक छोरा छ्न ।  उनको आज पशुपति स्थित आर्यघाटमा अन्तिम सस्कार गरिने छ।

 

यहाँ कमेन्ट गर्नुहोस्