१९ फाल्गुण २०८०, शनिबार

बलात्कार गरी फरार रहेका राई कतार बाट पक्राउ

कान्छो खवर । शुक्रबार, पुष २७, २०८०

गाईघाट २७ पौष ।

जबर्जस्ति करणी गरि फरार रहेका एक अभियुक्तलाई कतारबाट पक्राउ गरि नेपाल ल्याइएको छ। खोटाङ हलेसि तुवाचुङ नगरपालिका ७ सल्लेका २२ बर्षिय किरण राईलाई पक्राउ गरि बिहीबार खोटाङ ल्याइएको प्रहरीले जनाएको छ।

२०७९ चैत १६ गते स्थानिय एक युबतिलाई जबर्जस्ति बलात्कार गरी फरार राईलाई नेपाल प्रहरीको प्रधान कार्यालय अपराध अनुसन्धान बिभागले इन्टरपोलम मार्फत रेड कर्नर नोटिस जारी गरी कतार सरकार सङ समन्वय गरी पक्राउ गरीएको खोटाङ प्रहरीका प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।राईलाई बिहिवार नै जिल्ला अदालत बाट १० दिनको म्याद लिएर थुनामा राखि अनुसन्धान अघि बढाइएको कार्कीले बताए ।राई भागेर गत जेठ ४ गते कतार पुगेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्