०७ साउन २०८१, सोमबार

कोसीको सभामुख पदको चयन पार्टीको निति बिपरित :वरिष्ठ नेता लोहनी

कान्छो खवर । शुक्रबार, पुष २७, २०८०

गाईघाट २६ पौष ।
रास्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाश चन्द्र लोहनीले बर्तमान परिप्रेक्षमा लाभको पदमा जाननहुने पार्टीको निति बिपरित कोशी प्रदेशमा
आफ्नै पार्टी बाट सभामुख चयन हुनु गलत रहेको बताएकाछ्न ।

तिन वटा मुद्दा लिएर आन्दोलनमा उत्रिएको राप्रपाले लाभको पदलिनु भनेको बर्तमान शासकिय ब्यबस्थालाई समर्थन गरेर जानु हो ” उनले भने ।पार्टीले सम्बिधान भित्रको राजसस्था , नेपालको रास्ट्रियताको सबालमा सनातन धर्मको रूपमा हिदु रास्ट्र घोषण र जनतालाई अधिकार बिहिन बनाइएको संघीयता खारेजीको मुद्दा सम्बिधान मार्फत ससोधन नगरे सम्म पार्टी लाभको पदमा जादैन । यि तिन वटा मुद्दा  पुरा नभई सभामुख पद लिनु भनेको बर्तमान शासन ब्यबस्थालाई समर्थन गर्नु हो, तेसैले केन्द्रिय निति र निर्देशन बिपरित भएको कोसी प्रदेशको सभामुख पद लिने काम गलत रहेकोले केन्द्रिय कार्य सम्पादन समितिको बैठक बाट करेक्सन गरिने उनले बताए ।

राप्रपा उदयपुरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले
अब राप्रपाले देश खोक्रो बनाएर प्रजातन्त्र बलियो बनाउने काम विरुद्ध शसक्त रुममा आन्दोलन सुरु गर्ने बताए ।
उनले मुलुकमा बिकास खर्च हुन नसकेको , भ्रष्टाचारले जरो गाडेको सरकारले डेलिबरि दिन नसक्दा मुलुकको आर्थिक अबस्था डामाडाेल बन्दै गइरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्