०७ साउन २०८१, सोमबार

फरार प्रतिवादी पक्राउ

कान्छो खवर । सोमबार, पुष २३, २०८०

गाईघाट २३ पौष ।
चोरी मुद्दामा जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ परेकाछ्न ।जिल्ला अदालतले ४० हजार जरिवाना गरेको त्रियुगा नगरपालिका १० बोक्से बस्ने बर्ष ५२ का चन्द्र बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा लुकेर बसेको बेला राईलाई आइतबार दिउसो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । राईलाई फैसला कार्यान्वयनको लागी सोमबार अदालत पठाइएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्