०४ आषाढ २०८१, सोमबार

बाइक दुर्घटनामा परि एक युवाको मृत्यु

कान्छो खवर । शुक्रबार, पुष २०, २०८०

साङ्केतिक फोटो

गाईघाट २० पौष ।
गए राति गाईघाट पिजि चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ। अन्य एक गम्भीर घाइते भएकाछ्न ।गाईघाट देखि पुर्ब तर्फ जादै गरेको प्र १-०५-००१ प७४३० न. को बाइक राती १ बजे मदन भण्डारी राजमार्गको पिजि चोकमा दुर्घटना हुदा बाइक पछाडि बसेका त्रियुगा नगरपालिका ११ का २२ बर्शिय मनोज चौधरीको घटना स्थल मै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। बाइक चालक सोही ठाँउका २२ बर्शिय ज्ञानेन्द्र मलाह गम्भीर घाइते भएकोमा उनलाई उपचारको लागी बिराटनगर लगिएको छ । उक्त दुर्घटना तीब्र गति को कारण हुन सक्ने प्रहरीको भनाइ रहेकोे छ। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्