२५ आश्विन २०८३, आइतबार

२५ आश्विन २०८३, आइतबार

नेकपा – एमाले संसदिय दलका उप-नेता सुभाष नेम्वाङले जिम्मेबार प्रतिपक्षको भूमिका रहेर सदन र सडक दुबै ठाउँबाट आन्दोलन गर्ने बताएकाछन्

अरुण चौधरी शुक्रबार, आश्विन २२, २०७८

नेकपा – एमाले संसदिय दलका उप-नेता सुभाष नेम्वाङले जिम्मेबार प्रतिपक्षको भूमिका रहेर सदन र सडक दुबै ठाउँबाट आन्दोलन गर्ने बताएकाछन् ।
सभामुख अग्नी सापकोटाको भूमिका प्रति कडा आलोचना गर्दै उनले टोप वहादुर, राम वहादुर र सरीता गिरीको नाम तत्काल टास्ने तर नेकपा एमालेले १४ जना सासंदलाई कार्यवाही गर्नु लिखित रुपमा गरेको आग्रहलाई वेवास्ता गर्दै अहिले सम्म नाम हटाउन ढिलाई गरेबाट सभामुखको द्धैध चरित्र प्रष्ट भएको बताए ।
नेकपा – एमाले ) उदयपुरले बुधबार गाईघाटमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले वर्तमान सरकार दूषित गठबन्धनबाट बनेकोले यसको कुनै भूमिका नरहेको बताए । उनले दल विभाजन नहुदा सम्म अर्को पार्टर्ीीँग गठबन्धन गर्न कानूनी रुपमा नमिल्ने भएकोले एमालेलाई फुटाएर गरिएको गठबन्धन चाँडै तोडिने बताए ।
नेता नेम्वाङले माधब नेपाललाई लक्षित गर्दै उनको पार्टर्ीीनि विगतमा नेकपा एमाले टुक्रिएर बनेको मालेको जस्तै हैसियतमा पुग्ने बताए ।” विगतमा पनि पार्टर्ीीmुटेकै हो । फुटेको पार्टर्ीीे हैसियत र अवस्था सबैले देखेकाहुन ।” उनले भने,’ अब नेपालको पार्टर्ीीे हैसियत पनि मालेको जस्तै हुन्छ ।’ नेम्वाङले पाच, छ महिना भित्रै नेपालसँग गएका एमालेका सबै नेता र कार्याकर्ताहरु फर्किएर आउने ठोकुवा गरे ।’
उनले ओली सरकारले निकै राम्रा, राम्रा काम गरेता पनि त्यसलाई पार्टर्ीी साथीहरुले वाहिर प्रचारमा ल्याउने काम नगरेको बताए ।
तर्राई छुटै राज्य बनाउनु पर्छ भनि कर्ुलने सिके राउत र हिंसालाई प्रमुख आधार मानेर राजनीति गर्ने विप्लब समूहलाई ओली सरकारले मुलधारमा ल्याएको उनले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट