१२ मंसिर २०८३, शुक्रबार

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका राईका परिबारलाई किरिया खर्च बापत ५० हजार नगद हस्तान्तरण , थप १० लाख नियमअनुसार पाउने

कान्छो खवर । शुक्रबार, मंसिर १२, २०८३

गाईघाट   ११    मंसिर  ।

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका रणध्वज राईको परिबारलाई क्रियाखर्च बापत ५० हजार नगद रुपैया उपलब्ध गराइएको छ ।

डिभिजन बन कार्यालय उदयपुरले मृतकका आफन्तलाई शुक्रबार पीडितको घरमै गएर उक्त रकम हस्तान्तरण गरिएको हो ।

जंगली हात्तीको आक्रमणबाट बिहिवार दिउसो ३ बजे बेलका नगरपालिका ६ सुकुम्लाका ७३ बर्षिय रणध्वज राईको मृत्यु भएको थियो । पसलबाट सामान किनेर फर्कदै गरेका राईलाई हात्तीले आक्रमण गरेको हो । उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डिभिजन बन कार्यालयका बन अधिकृत हिरा शर्माले मृतक परिबारले थप १० लाख पाउने बताए । सबै प्रक्रिया पुरा भए पछी पीडित परिबारलाई नियम अनुसार उक्त रकम सरकारले उपलब्ध गराउने उनले बताए ।

जंगली जनाबरको आक्रमणबाट मृत्यु भएमा पीडित परिबारलाई सरकारले क्षेतिपुर्ति बापत राहत रकम उपलब्ध गराउने ऎनमै ब्यबस्था  गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्