१२ मंसिर २०८३, शुक्रबार

जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

कान्छो खवर । शुक्रबार, मंसिर १२, २०८३

गाईघाट  ११   मंसिर  ।

जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । बेलका नगरपालिका ६ सुकुम्बा बस्ने ७३ बर्षिय रनध्वज राईको बिहिवार दिउसो ३ बजेको समयमा हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

पसलदेखि सामान किनेर आउदै गर्दा राईलाई जंगली हात्तीले आक्रमण गरेको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पछी बन डिभिजन कार्यालयबाट आएको सुरक्षाकर्मीले मृतकको शब पोस्टमार्टमकोलागि धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा लगेको प्रहरीले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्