कान्छो खवर । बुधबार, मंसिर १०, २०८३
गाईघाट ९ मंसिर ।
उदयपुरमा एक बर्षको अबधिमा २६ हजार ७ सय बोट गाजा नस्ट गरिएको छ । कटारी नगरपालिका , बेलका, ताप्ली गाउपालिका र लिम्चुङबुङको विभिन्न ठाउहरुमा अबैध रूपमा ब्याबसायिक रूपमा गरिएको गाजा खेती फडानी गर्ने अभियान अन्तरगत प्रहरीले आर्थिक बर्ष २०८३/ ०८४ मा उक्त परिणामको गाजाको बोट नस्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले विभिन्न समयमा गाजा खेती गरिएको स्थानमा पुगेर गाजाको बोट नस्ट गरेको हो ।
प्रहरीले एक आर्थिक बर्षमा कटारी नपाको मर्जेपुर , बलौटे , आहाले , टाटरी , सेउरिनी , बबला , भण्टाबारी र मरुवाखानीबाट गाजाको बोट नस्ट गरेको हो ।
त्यसै गरि बेलका नपाको पाबला , तिलितले , खमारे , म्युङटार , पित्लास र केक्रा , ताप्ली गापको मादले , निगालाबास र शिखरपुरबाट गाजाको बोट फडानी गरेर नस्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले लिम्चुङबुङको जिमिगाउँ , बाराह , माझखर्क र कटहरेदेखि समेत गाजाको सबै भन्दा बढी बोट नस्ट गरेको हो । जिल्लाको पश्चिम् क्षेत्रमा बर्षेनि गाजा खेती हुने गरेको छ । यश क्षेत्रमा उत्पादित गाजा भारत तर्फ निर्यात हुने गरेको छ ।