कान्छो खवर । मंगलबार, कार्तिक २५, २०८३
गाईघाट २४ कार्तिक ।
इभि गाडी आफै अनियंत्रित भै मंगलबार दिउसो दुर्घटना हुदा गाडीमा सवार दस जना घाइते भएका छन् । बेल्टारबाट गाईघाट तर्फ आउदै गरेको प्र १ -०२-००१ ज ४६२१ नम्बरको इभि गाडी त्रियुगा नगरपालिका १३ बहेड्वामा दिउसो १२.४० बजे दुर्घटनामा परेको हो ।
चालक सहित घाइते सबैको अबस्था सामान्य रहेकोे प्रहरीले जनाएको छ ।दुर्घटना लगत्तै प्रहरी निरीक्षकको कमान्डमा एघार जनाको प्रहरी टोलि घटना स्थानमा पुगेर घाइतेको उद्घार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाइते सबै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
घाइतेहरुको नामावली यस प्रकार रहेकोे छ :
१ चालक काठमाडौ महानगरपालिका ३१ का बर्ष ४८ का कृष्ण केशी
२: झापा सुरुङ्गा नपा ३ का बर्ष ४० की रेणुका प्रसाईं
३ निजकि छोरा बर्ष १४ का नैन प्रसाईं
४ मोरङ उर्लाबारी नपा ३ का बर्ष ५० की कुमारी लम्साल
५ सुनसरी इटहरी नपा १२ का बर्ष ४२ की मुना ढकाल
६ उदयपुरको बेलका नपा १ का बर्ष ३८ का प्रबिण तामाङ
७ मोरङ सुन्दर हरैचा नपा ४ बर्ष ७० का अमृत बहादुर खड्का
८ इटहरी उपमहानगर ८ का बर्ष ३७ की रन्जिता गौतम
९ चौदण्डिगढी नपा १० का बर्ष २५ की जमुना परियार बिक
१० निजकी छोरा बर्ष ९ का अङ्कित बिक