कान्छो खवर । आइतबार, कार्तिक २३, २०८३
गाईघाट २२ कार्तिक ।
प्रहरीले ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।बेलका नगरपालिका १ आम्बासी बाट सनिवार साझ ५.३० बजेको समयमा १ग्राम .७ मिलिग्राम ब्राउन सुगर सहित बर्ष २४ का प्रबिन बिश्वकर्मा , बर्ष ३८ का श्यामकुमार कार्की र बर्ष २० का क्षितिज कोइराला पक्राउ परेको प्रहरीले जनाएको छ ।
बिश्वकर्माको घरमा लागूऔषधको कारोबार भैरहेको सूचनाको आधारमा प्रहरीले गरेको खानतलासी बाट उक्त परिणामको ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
रामपुर , भागलपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले ब्राउन सुगर र उनिहरुलाई पक्राउ गरिएको एसपि राजन चापागाईंले बताए । पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत उदयपुरबाट म्याद लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्