१९ कार्तिक २०८३, बुधबार

१९ कार्तिक २०८३, बुधबार

उदयपुर सिमेन्ट उधोग परिसरमा रहेकोे गणेश मन्दिरमा आज राती चोरी , चोरको पहिचान हुन सकेको छैन

कान्छो खवर । बुधबार, कार्तिक १९, २०८३

गाईघाट १८  कार्तिक  ।

उदयपुर सिमेन्ट उधोग परिसरमा रहेकोे गणेश मन्दिरमा चोरी भएको छ ।मंगलबार राती चोरहरुले मन्दिरको ढोका फोडेर भित्र रहेका तामाका गाग्री , पुजा थाली लगायत अन्य सामाग्री चोरेर लगेको निमित्त महाप्रबन्धक बैधनाथ साहले बताए ।

चोरी कति बेला भयो भन्ने बारेमा केहि खुलेको छैन । बिहान पुजा गर्न मन्दिर आएका पुजारीले ढोका तोडिएको देखे पछी मन्दिरमा चोरी भएको अनुमान गरिएको थियोे । पुजारी भित्र पसेर हेर्दा ती सामाग्रीहरु भित्र नरहेकोले चोरी भएको ठहर गर्दै प्रहरीलाई घटनाको जानकारी गराइएको साहले बताए ।

मन्दिरमा चोरी भएको यो पहिलो पटक हो। यस अघि पनि उद्योगमा ६/ ७ पटक चोरी भैसकेको उनले बताए । महाप्रबन्धकको आबासगृहबाट टेलिभिजन र कार्यालयको गोदाम घरबाट तामाको तार चोरी भएको थियोे ।

चोरीमा संलग्न अहिलेसम्म कोहि पनि पक्राउ पर्न सकेको छैन ।

 

यहाँ कमेन्ट गर्नुहोस्