१० कार्तिक २०८३, सोमबार

कटारीको मरुवा नजिक आज बिहान बोलेरो गाडी दुर्घटना हुदा चालक सहित १५ जना घाइते

कान्छो खवर । सोमबार, कार्तिक १०, २०८३

गाईघाट  ९ कार्तिक  ।

कटारीको मरुवा नजीक बोलेरो गाडी सोमबार बिहान दुर्घटना हुँदा चालक सहित पाच जना घाइते भएका छन् ।

गहुँबारीदेखि कटारी तर्फ आउदै गरेको प्रदेश ३-०१- ०२३ च ६५०६ नम्बरको बोलेरो गाडी कटारी नगरपालिका ४ मरुवा खोला नजीक बिहान १०.३० बजेको समयमा दुर्घटना भएको हो ।

ब्रेक फेल भएर गाडी अनियंत्रित भै सडकदेखि झन्डै २० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक सहित १५ जना घाइते भएकोमा सबैको अबस्था सामान्य रहेको छ ।

घाइते केहिको प्रादेशिक अस्पताल कटारीमा उपचार भैरहेको छ ।हात भाचिएका गाडीका चालक निर्पबहादुर खड्काले कम गतिमा आइरहेको गाडीको ब्रेक फेल भै अनियंत्रित हुदा दुर्घटना भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्