कान्छो खवर । आइतबार, कार्तिक ०९, २०८३
गाईघाट ८ कार्तिक ।
सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसीमा आइतबार दिउसो जेटबोट पल्टिँदा ५ बर्षीया बालिका सहित ३ जनाको मृत्यु भएको छ ।अन्य केहि कोसीमा बेपत्ता भएका छन् ।जे
भोजपुरको कोप्चे देखि बराहक्षेत्र तर्फ आउदै गरेको जेटबोटको ईन्जिन आकस्मिक रूपमा बन्द हुँदा जेटबोट दुर्घटनामा परेको हो । दुर्घटनामा ३५ बर्षीया महिला र ४० बर्षिय पुरुषको समेत मृत्यु भएको हो ।
मृतकको अझैसम्म पहिचान हुन सकेको छैन । शबहरु चतरा अस्पतालमा राखिएको सुनसरी प्रहरीले जनाएको छ । १६ जना सवार जेटबोटको दुध कोशी र अरुण नदिको संगम नजीक खुवालुङ नजीक आए पछी इन्जिन एक्कासि बन्द भएको थियोे ।
बन्द भएको जेटबोट नियन्त्रण बाहिर गएर बिस्तारै बग्दै गएर बराहक्षेत्र नजिक पुगेर कोसीमा पल्टिएको प्रहरीले जनाएको छ ।दिउसो १.३० भएको दुर्घटनामा तत्काल तिन जनाको मृत्यु भएको हो ।
दुर्घटना पछी ६ जनाको तत्काल उद्घार गरिएको प्रहरीले जनाएको छ ।जेटकाका पाइलट सुमन पौडेल पौडिएर बाहिर निस्किएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।