२९ आश्विन २०८३, बिहिबार

चुहाडे नजिक सुर्खेमा दिउँसो बस दुर्घटना हुदा एकको मृत्यु , एकको अबस्था गम्भीर अन्य १३ जनाको अस्पतालमा उपचार हुदै

कान्छो खवर । बिहिबार, आश्विन २९, २०८३

गाईघाट  २९  असोज  ।

मदन भण्डारी लोक मार्गको त्रियुगा नगरपालिका ७ सुर्खेमा बिहिवार दिउँसो भएको बस दुर्घटना परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १५ मध्य एकको अबस्था गम्भीर रहेकोे छ ।

प्रहरीले मृत्यु हुने उदयपुरको चौदण्डीगढी नगरपालिका बसाहका १८ बर्षिय सोनु बस्याल रहेको जनाएको छ । बसले च्यापिएको उनको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको हो ।

गम्भीर घाइते एक जनालाई थप उपचारकोलागि धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान लगिएको छ भने बाकी घाइतेको अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

काठमाडौदेखि धरान तर्फ आउदै गरेको प्रदेश १ -००६ ख ८५२२ नम्बरको बस आफै अनियंत्रित भै सडकमा पल्टिएको प्रहरीले जनाएको छ । गाडीमा ३५ जना सवार थिए । एसपि  राजन चापागाईंले  गाडीका चालक  ओखलढुंगाको चम्पादेबि गाउपालिका १० का ३० बर्षिय सुमन खत्रीलाई नियन्त्रणमा लिएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्