२९ आश्विन २०८३, बिहिबार

भागलपुरमा मृत अबस्थामा भेटिएको हात्ती करेन्ट लागेर मरेको पुष्ठि , कोशी टप्पु आरक्षले बनायो छानबिन समिति

कान्छो खवर । बिहिबार, आश्विन २९, २०८३

गाईघाट   २९   असोज  ।

बेलका नगरपालिका  १ स्थित धान खेतमा मृत अबस्थामा भेटिएको हात्ती करेन्ट लागेर मरेको पुष्ठि भएको छ । मंगलबार साझ पख कोशी बन्यजन्तु आरक्ष देखि झन्डै एक किमि पश्चिम् तर्फ एक किसानको धान खेतमा २५ बर्षको भाले हात्ती मृत अबस्थामा फेला परेको थियोे ।

आरक्षका बीज्ञ चिकित्सक र प्रशासनको टोलिले अहिले हात्ती मरेको बारेमा अनुसन्धान सुरु गरेको आरक्षका सूचना अधिकारी प्रतिभा शिबाकोटीले बताइन् । उनले प्रारम्भिक अनुसन्धान बाट हात्ती करेन्ट लागेर मरेको तर करेन्ट कस्ले लगायो भन्ने बारेमा जानकारी हुन नसकेको बताइन् ।

उनले मृत हात्तीको पोस्टमार्टमबाट करेन्ट लागेर हात्ती मरेको खुल्न आए पछि उक्त घटनाको छानबिन गर्न चिकित्सक सहितको समिति बनाएको बताइन्।  छानबिन समितिले दिएको प्रतिबेदन अनुरुप आरक्षले दोषी पत्ता लगाउने उनले बताइन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्