२८ आश्विन २०८३, बुधबार

करेन्ट लागेर एक वृद्धको अहिले साझ मृत्यु

कान्छो खवर । मंगलबार, आश्विन २७, २०८३

गाईघाट  २७  असोज  ।

करेन्ट लागेर मंगलबार साझ गाईघाटमा एक वृद्धको मृत्यु भएको छ ।पुजा गर्ने क्रममा बिधुत लाइन जोड्दै गर्दा त्रियुगा नगरपालिका ११ ज्योति टोलका ६५ बर्षिय बद्रीनारायण चौधरीको साझ ६ करेन्ट लागेर गम्भीर घाइते भएकोमा उनको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले मृतको शब जिल्ला अस्पतालमा रहेकोे बताएको छ ।जिल्ला अस्पताल उदयपुरकी चिकित्सक डा निर्मला चौधरीले करेन्ट लागेर चौधरीको मृत्यु भएको बताइन् । शब अहिले पोस्ट मार्टमको लागि अस्पतालमा राखिएको उनले बताइन् ।

यहाँ कमेन्ट गर्नुहोस्