कान्छो खवर । बुधबार, आश्विन २८, २०८३
गाईघाट २८ असोज ।
उदयपुरको बेलकास्थित धान खेतमा जंगली हात्ती मृत अबस्थामा फेला परेको छ । बेलका नगरपालिका १ स्थित एक किसानको धान खेतमा मंगलबार साझ एक जंगली हात्ती मृत अबस्थामा भेटिएको डिभिजन बन कार्यालय उदयपुरले जनाएको छ ।
सानो दारे नामले परिचित बयस्क भाले जातको हात्ती धान बालीमा मृत अबस्थामा देखेर स्थानियले प्रहरीलाई खबर गरे पछी उक्त स्थानमा प्रहरी र बनका कर्मचारी पुगेको डिभिजन बन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले बताए ।
हात्ती के कारणले मरेको हो भन्ने बारे केही खुलेको छैन । कोशी टप्पु बन्य जन्तु आरक्षण क्षेत्रमा पर्ने भएकोले आरक्षणले हात्तीको पोस्ट मार्टम गरे पछी मात्र कारण खुल्ने श्रेष्ठले बताए ।
हात्तीको पोस्ट मार्टम गर्ने तयारी भैरहेको उनले बताए ।उक्त हात्ती एक बर्ष देखि आरक्षण क्षेत्रमा बस्दै आएको बनले जनाएको छ ।