कान्छो खवर । मंगलबार, आश्विन २७, २०८३
गाईघाट २७ असोज ।
उदयपुरमा निरन्तर गाजाको कारोबार भैरहेको छ । प्रहरीले तीन दिनदेखि गाजा र गाजा ओसारपसारमा सलग्न ब्यक्तिलाई पक्राउ गरेको छ । आइतबार र सोमबार पनि ठुलो परिणाममा गाजा बरामद भएको थियोे ।
सोमबार साझ ४.३० बजे बेलका नगरपालिका ५ सुपाडे देउरालीमा एक पिकअप भ्यान बाट गाजा सहित एक जना पक्राउ परेका छन् । रामपुर देखि सप्तरीको फत्तेपुर तर्फ जादै गरेको प्र -१-०२-००२ च ५२९० नम्बरको पिकअप भ्यान चेकजाँचको क्रममा ६ वटा बोरामा प्याक गरेर लादै गरेको अबस्थामा १५९ केजी ४०० ग्राम गाजा सहित चालक सप्तरीको सप्तकोसी नगरपालिका ८ ओदराका २८ बर्षिय पशुपति साफीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी लालबजार बाट खटिएको गस्ती टोलीले पक्राउ गरेको गाजा र चालकलाई ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।