१५ आश्विन २०८३, बिहिबार

१५ आश्विन २०८३, बिहिबार

नेपाली काङ्ग्रेस देउवा समुहको त्रियुगा नगर समितिको अधिबेशनले १५ वडा सभापति र ४७० प्रतिनिधि चयन गरेको छ

कान्छो खवर । बिहिबार, आश्विन १५, २०८३

गाईघाट  १५  असोज  ।

नेपाली काङ्ग्रेस देउवा समुह त्रियुगा नगरपालिकाको बिहिवार भएको  वडा अधिबेशनले १५  वडा सभापति सहित ४७० प्रतिनिधि चयन गरेको छ ।

नगरको १६ वडा मध्य वडा नम्बर ४ मा भने सभापतिमा दुई जनाको उम्मेद्बारी परे पछी शुक्रबार सभापति टुङ्ग्याउने गरि अधिबेशन स्थगित भएको छ ।  सभापतिमा सहमति नजुटेमा निर्वाचन प्रक्रियाबाट सभापति चयन गरिने निर्वाचन समितिले जनाएको छ ।

सबै वडामा सभापति , प्रतिनिधि र कार्यसमिति निर्बिरोध भएको निर्वाचन समितिका प्रमुख अधिबक्ता सुकुराम श्रेष्ठले बताए ।

निर्बाचित सभापतिहरुको नामावली :

वडा नम्बर १  : रमेश चौलागाईं

वडा नम्बर २ रुद्र दाहाल

वडा नम्बर ३ ज्ञान कुमार निरौला

वडा नम्बर : ५ राम सुधीर मिश्रा

वडा नम्बर  ६ मा नन्दी पाठक

वडा नम्बर  ७ मा लक्षमण दनुवार

वडा नम्बर ८ मा गुणराज दनुवार

वडा नम्बर ९ मा पदम कार्की

वडा नम्बर १० मा गिरिराज भुजेल

वडा नम्बर ११ मा डिल्ली कटुवाल

वडा नम्बर १२ मा ताराप्रसाद चौधरी

वडा नम्बर १३ मा ओमनारायण चौधरी

वडा नम्बर १४ मा पबन लामिछाने मगर

वडा नम्बर १५ मा रुद्रमति राई

वडा नम्बर १६ मा ढकबहादुर मगर

यहाँ कमेन्ट गर्नुहोस्