०७ आश्विन २०८३, बुधबार

काङ्ग्रेसको नगर अधिबेशन , चौदण्डिमा पर्बत दाहाल कटारीमा पुष्कर खड्का सभापतिमा चयन

कान्छो खवर । बुधबार, आश्विन ०७, २०८३

गाईघाट  ७  असोज  ।

चौदण्डिगढी नगर सभापतिमा पर्बत दाहाल चयन भएका छन् । नेपाली काङ्ग्रेस चौदण्डिगढी नगर समितिको बुधबार भएको १५ औं नगर अधिबेशनले दाहाल सहित कार्य समिति निर्बिरोध चयन गरेको हो ।

समितिको उपाध्यक्ष राकेश हुजदार , महिला उपाध्यक्ष उषा राई , सचीव केदार केसी र सहसचिव आरति चौधरी चयन चयन भएका छन् ।

कटारी नगर समितिको सभापतिमा पुष्कर खड्का चयन भएका छन् । उनी निर्बिरोध सभापति चुनिएका हुन् ।  १५ औं नगर अधिबेशनमा  खड्का सहित सबै जना निर्बिरोध भएका हुन् ।

समितिको उपाध्यक्षमा बिनोद श्रेष्ठ , महिला उपाध्यक्ष रुक्जा राई , सचीव दिलबहादुर श्रेष्ठ र सहसचिव सुङ्साङ तामाङ चुनिएका छन् । दुबै नगर समितिको कोषाध्यक्ष पछी मनोनीत गरिने नेपाली काङ्ग्रेस उदयपुरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्