कान्छो खवर । मंगलबार, आश्विन ०६, २०८३
गाईघाट ६ असोज ।
प्रहरीले झन्डै बेवारिसे अबस्थामा १८२ केजी गाजा बरामद गरेको छ ।कटारी नगरपालिका ६ भुसुनेको जङ्गलमा सोमबार साझ ७.३० बजे उक्त परिणामको गाजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
जङ्गल बीचको चौउर नजिकैको झाडीमा नौवटा बोरामा प्याक गरेर लुकाएर राखेको अबस्थामा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीको गस्ती टोलीले बेवारिसे अबस्थामा गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बरामद गरिएको गाजा ईलाका प्रहरी कार्यालय कटारीम राखिएको छ ।प्रहरीले गाजा बारे अनुसन्धान सुरु गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्