कान्छो खवर । मंगलबार, आश्विन ०६, २०८३
गाईघाट ६ असोज ।
प्रहरी देखेर भाग्दै गरेको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ ।रामपुरदेखि लाल बजार तर्फ आउदै गरेको बा .६२ प १८२० नम्बरको मोटरसाइकलबाट सोमबार दिउसो प्रहरीले २.७० मिलीग्राम ब्राउन सुगर , २० ट्याब्लेट नाइट्रोजेपाम र १ हजार ५१० क्याप्सुल ट्रामाडोल बरामद गरेको हो ।
राजमार्ग गस्तीमा रहेको प्रहरी देखेर मोटरसाइकल चालक गाडी छोडेर भागे पछी प्रहरीले मोटरसाइकलको खानतलासी गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बेलका नगरपालिका ४ लच्काम बेलुकी ४ बजे प्रहरीले मोटरसाइकल सहित लागूऔषध बरामद गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । फरार मोटरसाइकल चालकको खोजी भैरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्