०७ आश्विन २०८३, बुधबार

नेपाली काङ्ग्रेस त्रियुगा नगर समिति सभापतिमा खड्का

कान्छो खवर । बुधबार, आश्विन ०७, २०८३

गाईघाट   ७   असोज  ।

नेपाली काङ्ग्रेस त्रियुगा नगर कार्य समितिको १५ औं नगर अधिबेशनले नगर सभापतिमा प्रकाश कुमार खड्कालाई चयन गरेको छ ।

बुधबार भएको नगर अधिबेशनले उनलाई निर्बिरोध उक्त पदमा चयन गरेको  हो । खड्का संगै उक्त पदमा दाबेदार गर्दै खेमराज दाहालले    मनोनयन दर्ता गराएर अन्तिममा उम्मेद्बारी फिर्ता लिए पछि सभापतिमा खड्का निर्बिरोध भएका हुन् ।

नगर समितिको सबै पदमा सर्बसम्मत भएको निर्वाचन समितिले जनाएको छ । समितिको उपाध्यक्षमा उमेश बुढाथोकी , महिला उपाध्यक्ष शर्मिला थापा , सचीव उद्घब काफ्ले र सहसचिबमा तिर्थकुमार श्रेष्ठ चयन भएका छन् ।

पार्टीको बिधान अनुसार कोषाध्यक्ष मनोनीतबाट चयन गर्ने भएकोले नगर कार्यसमितिले अर्को बैठकबाट कोषाध्यक्ष मनोनयन गरिने नगर सभापति खड्काले बताए ।

नेपाली काङ्ग्रेसको आज एकै दिन आठ वटा स्थानिय तहमा नगर र गाउँ अधिबेशन हुदै छ ।

यहाँ कमेन्ट गर्नुहोस्