कान्छो खवर । शनिबार, आश्विन ०३, २०८३
गाईघाट ३ असोज ।
नेपाली काङ्ग्रेस त्रियुगा नगरपालिका १२ को वडा सभापतिमा परशुराम चौधरी दोहोरीएका छन् । सनिवार भएको १५ औं वडा महाधिवेशनले चौधरीलाई सर्बसम्मत वडा सभापति चयन गरेको हो ।
वडा अधिबेशनले क्षेत्रीय प्रतिनिधि र वडा कमिटी समेत सर्बसम्मत रूपमा चयन गरेको नेपाली काङ्ग्रेस उदयपुरका प्रचार बिभाग प्रमुख नबिनबाबु राईले बताए । उक्त वडाबाट क्षेत्रीय प्रतिनिधि ३२ जना र वडा कमिटी १९ जना चुनिएका छन् ।
त्रियुगा नगरपालिकाका सबै वडामा वडा महाधिवेशन भएको र परिणाम आउन बाकी रहेकोे राईले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्