०३ आश्विन २०८३, शनिबार

बेल्टार हात्तीसारमा म्याजिक भ्यान दुर्घटना , केहि यात्रीहरु घाइते

कान्छो खवर । शनिबार, आश्विन ०३, २०८३

गाईघाट   ३   असोज ।

बेल्टारको हात्तीसारमा सनिवार दिउसो म्याजिक भ्यान दुर्घटना भएको छ । दुर्घटनामा केहि घाइते भएका छन् । रामपुरदेखि सप्तरीको कन्चनपुर तर्फ जादै गरेको को १ ग ३७३८ नम्बरको गाडी चौदण्डिगढी नगरपालिका ३ हात्तीसारमा दुर्घटना भएको हो ।

दुर्घटना ब्रेक फेल भएको र ५ जना सामान्य रूपमा घाइते भएकोमा उनिहरुको स्थानिय स्वास्थ केन्द्रमा उपचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ । शुक्रबार दिउसो पनि सोही ठाउँमा सुमो गाडी दुर्घटना भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्