कान्छो खवर । सोमबार, भाद्र १५, २०८३
गाईघाट १५ भदौ ।
प्रहरीले १ हजार १२२ .६७ केजी गाजा सहित तीन जनालाई पक्राउ गरेको छ । जङ्गलमा लुकाएर राखेको अबस्थामा सोमबार बिहान प्रहरीले प्लास्टिकको बोरामा प्याक गरिएको ५२ बोरा गाजा सहित उनिहरुलाई पक्राउ गरेको हो ।
उदयपुरको कटारी नगरपालिका ६ बाकेटार शान्तिबन क्षेत्रमा बिहान ४ बजे बा .१६ च ५२६९ नम्बरको बोलेरो गाडी र उक्त परिणामको गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बरामद गाजा सहित गाडीमा रहेका ताप्ली गाउपालिका १ डाडागाउका ५५ बर्षिय रामबहादुर मगर ,२१ बर्षिय नेकबहादुर मगर र ४६ बर्षिय पृथ्वीराज मगर पक्राउ परेका छन् । पक्राउ परेका उनिहरु गाडीका चालक र गाजा ब्यापारी हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएका प्रहरी टोलीले जंगल सर्च गरेर गाजा सहित उनिहरुलाई पक्राउ गरिएको जनाएको छ ।