कान्छो खवर । मंगलबार, भाद्र ०९, २०८३
गाईघाट ९ भदौ ।
उदयपुरको ताप्लीमा तितेपाती प्रशोधन गरेर परिक्षणको रूपमा तेल उत्पादन सुरु गरिएको छ ।गाउपालिकाको आर्थिक सहयोगमा स्थानिय राजेश दियालीले सुरु गरेका हुन् ।
गाउपालिकाले प्रशोधनकोलागि तीन वटा मेसिन खरिद गरेकोमा एउटा मेसिन दियालीलाई अनुदानमा उपलब्ध गराएको र अर्को दुई वटा मेसिन समेत गाउमै वितरण गरेकोमा दियालीले भदौ १ गते बाट उत्पादन सुरु गरेको वडा नम्बर ५ का अध्यक्ष बिष्नु श्रेष्ठले बताए ।
अरुले संचालन नगरेको भए पनि दियालीले सुरु गरेको उनले बताए ।एउटा मेसिनको मुल्य ७ लाख पर्ने उनले बताए ।गाउघरमा जताततै खेरो गइरहेको तितेपातीबाट महङ्गो मुल्यको तेल उत्पादन हुने भएकोले गाउपालिकाले गाउमै स्थानियको आर्थिक अबस्थामा सुधार होस भन्ने उदेश्यबाट पहिलो पटक अनुदानको ब्यबस्था गरेको उनले बताए ।
वडा नम्बर ४ र ५ को सिमा रहेको धाप्पानीमा दियालीले उधोगको प्लान्ट जडान गरेको उनले बताए । गाउको पाखाबारीमा जताततै पाइने तितेपातीको अहिले निकै प्रयोग भैरहेको र गाउलेहरुले समेत तितेपाती बिक्री गरेर कमाइ रहेको उनले बताए ।
उधोगले अहिले प्रति केजी ५ रुपैयामा तितेपाती खरिद गर्ने गरेको उनले बताए । गाउँमा अहिले तितेपाती टिप्न महिलाको सहभागीका बढी रहेको उनले बताए ।
तितेपातीबाट उत्पादन भएको तेल दुखाई कर्म गर्न प्रयोग हुने गरेको उनले बताए । तेल उत्पादन पछी निस्कने पानी समेत बिक्रि हुने उनले बताए ।प्रति लिटर तेलको मुल्य बाहिर खुल्लामा बिक्रि गर्दा ३० हजार रुपैया पर्ने र होलसेल मुल्य भने २० हजार रहेको उनले बताए ।
पश्चिम् नेपालमा समेत तितेपातीबाट तेल उत्पादन भैरहेको उनले बताए । हामीले पश्चिम् नेपाल जहा तितेपातीको तेल उत्पादन हुन्छ , त्यही ठाउबाट प्राबिधिक ल्याएर प्लान्ट जडानदेखि तालिम दिएर उत्पादन सुरु गरेको उनले बताए ।
यहाँ उत्पादन हुने तेल तालीम दिन आउने प्राबिधिकले खरिद गरेर लाने ल्याने सहमति भएको अध्यक्ष श्रेष्ठले बताए ।
उनले एक हजार हरियो तितेपातीबाट १ लिटर मात्र तेल उत्पादन हुने बताए ।