०६ भाद्र २०८३, शनिबार

०६ भाद्र २०८३, शनिबार

पाच दिनदेखि हराइरहेकी महिला आज भैरहवामा फेला परेकी छिन् , फेला परेको खबरले परिबारमा खुसियाली

कान्छो खवर । शनिबार, भाद्र ०६, २०८३

गाईघाट  ६ भदौ  ।

पाँच दिनदेखि हराइहेकी मुर्कुचीकी ४० बर्षीया तारा बलाम्पाकी मगर भैरहवामा फेला परेकी छिन् ।

विभिन्न संघ सस्थाहरुको खोजी अभियानबाट उनलाई सनिवार बिहान भैरहवामा फेला पारिएको मुर्कुचीका स्थानिय बासिन्दा शिक्षक टेकराज रिखामले बताए ।

तीन दिन अगाडि भैरहवा पुगेकी रहेछिन , ट्रेनिङमा आएको भनेर बजार क्षेउछाउ कोठा भाडामा लिएर बसेकी रहेछिन । उनले भने ।स्थानिय अभियन्ताबाट महिला भेटिएको खबर पछी अहिले खोजी कार्यमा हिडेका  छ जनाको टोलि भैरहवा तर्फ उनलाई लिन गएको रिखामले बताए ।

मंगलबार  मुर्कुचीदेखि ८ बजे बिहान अटो रिजर्भ गरेर गाईघाटस्थित ग्लोबल बैंकमा पैसा निकाल्न आएकी उनी बैंकबाट पैसा निकाली सम्पर्क बिहिन भएकी थिइन् ।  ६ बर्षीया छोरी बोसिका सहित बेपत्ता भएकी उनी त्यस दिन त्रियुगा नगरपालिका ६ जलजले बजारमा बसेर भोलि पल्ट बस चडेर हिडेको खुल्न आएको रिखामले बताए ।

महिलाले डिप्रेसनको औषधि लिने गरेको खुल्न आएको छ ।तर आफन्त समेत रहेका रिखामले भने आफुलाई जानकारी नभएको बताए । २०७२ सालको भुकम्प पछी उनी डिप्रेसनमा गएको र नियमित रूपमा औषधि खादै  आएको नजिकका छिमेकीहरु बताउछन् ।

उनलाई गाईघाट ल्याउने तयारी भैरहेको उनले बताए । उनी भेटिएको खबरले अहिले परिबारका सदस्य र आफन्तहरुमा खुसियाली छाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्