०५ भाद्र २०८३, शुक्रबार

०५ भाद्र २०८३, शुक्रबार

अख्तियारद्वारा पक्राउ गरिएको बन अधिकृतलाई सहकर्मी बाटै फसाइएको आरोप , डिभिजन बनका प्रमुखलाई दुख दिएर खेद्ने पुर्बयोजनाको तयारी

कान्छो खवर । शुक्रबार, भाद्र ०५, २०८३

गाईघाट  ५  भदौ  ।

जिल्ला बन कार्यालय उदयपुरका बिकास फाटका प्रमुख बनअधिकृत भुबन पौडेल बिहिवार साझ कार्यकक्षबाटै पक्राउ परे । उनलाई अख्तियारको टोलिले  १६ हजार २५० रुपैया सहित पक्राउ गरेको हो ।

पौडेल पक्राउ पर्नु अघि सुनाखरी सामुदायिक बन उपभोक्ता समूह साउने का अध्यक्ष नारदकुमार मगर बिकास फाटमा पुगेका थिए । भित्र अन्य सेवग्राही र केही ब्याबसाही बसेर काम गरिरहेका थिए । अध्यक्ष मगर पुग्ने बित्तिकै भित्र बसेका सबैलाई बाहिर निकासी कोठा थुनेर पौडेललाई काम गरे बापत भन्दै १५ हजार नगद पेन्टको खल्तीमा जबर्जस्ति हालिदिएका थिए ।

पौडेलले म लिदिन भन्दा भन्दै पनि उनलेे तपाईंले काम गरि दिए बापत हो भन्दै उनको खल्तीमा पैसा लगाइदिएको घटना स्थलमा रहेका उनका एक सहकर्मीले बताए ।

म पनि त्यही नै थिए , अध्यक्ष आएर तपाईंले काम गरि दिनु भयो भन्दै पैसा पौडेलको पेन्टको खल्तीमा राखी दिएको नाम गोप्य राख्ने शर्तमा उनलेे भने । पैसा खल्तीमा राखी दिने बितिकै अख्तियारको टोलि कोठामा प्रवेश गरेको उनलेे बताए ।

डिएफओ सरलाई समेत फसाउने तयारी गरेको भए पनि पछी उनिहरु हच्किएर ब्याक भएको उनलेे बताए । घटना क्रम हेर्दा पहिले देखि नै सबै तयारी गरिएको रहेछ ।

नाम उल्लेख नगरी दिने शर्तमा एक काठ ब्याबसायीले डिभिजन बन कार्यालयका प्रमुखलाई दुख दिएर खेद्ने उदेश्यले यो घटना गराएको बताए । बन कर्मचारी र केहि काठ ब्याबसायीको डिजाइनमा हिजोको घटना भए को । उनलेे भने ।

डिएफओ सरले केही महिना अघि मात्र कर्मचारीको फाट परिवर्तन गरे पछी सर विरुद्ध केहि असन्तुष्ट कर्मचारीलेबाट यस्तो काम भएको उनले बताए ।  सरलाई दुख दिएर खेद्ने उदेश्य उनिले पहिले नै तयारी गरेका थिए , यो काममा हाम्रो केहि साथीले सहयोग गरेका हुन् ।अख्तियारलाई सबै जानकारी गराएर छापा हान्न लगाउने सबै हाम्रै साथीहरु हुन् । उनले भने ।

लामो समयदेखि हालीमुहाली गरेर एउटै फाटमा बसेर कमाइ रहेका कर्मचारीको फाट परिवर्तन र कार्यालय भित्रको आन्तरिक बेथिति सुधार्न सुरु गरे लगत्तै डिएफओ विरुद्ध प्रहार भएको उनको बुझाइ छ ।

पौडेललेको सेवा प्रवेश भर्खरै दुई बर्ष जति मात्र पुगेको छ । उनि माथी सेवा ग्राहीबाट घुस लिएको आरोप लागे पनि बनका कर्मचारी पत्याउन तयार छैनन् । बिकास फाटमा भर्खर आएका र कामको चाप बढी भएकोले उनले सुनखरी सामुदायिक बनको लगत समर्थनको चिट्ठी तयार गर्न भ्याएका थिएनन् । भदौ १ गते मात्र फिल्डबाट जाँच पास भएर प्रतिबेदन पेश भए पछि काम सुरु गर्न लाग्दा उनिमाथि आफनै साथी द्वारा घात गरिदा निर्दोष हुदाहुदै पनि अख्तियारको फन्दामा परे उनी ।

केही महिना अघि मात्र सरुवा भएर आएका उनलाई  असारमा बिकास फाटमा सरुवा गरिएको थियोे । जिल्ला बन अधिकृत गजेन्द्र श्रेष्ठले लामो समयदेखि बिकास फाटमा एकछत्र राज गर्दै आएका बन अधिकृत जागेस्वर साहलाई बन पैदावर आपूर्ति समितिमा सरुवा गरेर उनको ठाउमा पौडेललाई ल्याइएको छ ।

२०६८ सालमा सरुवा भएर आएका साह अहिलेसम्म जिल्ला बनमै कार्यरत छन् । यो हिसाबले उनी उदयपुर बन कार्यालयमा निरन्तर १५ बर्षदेखि काम गर्दै आइरहेका छन् ।

आर्थिक चलखेल बढी हुने जिल्ला बन कार्यालय उदयपुरमा अख्तियारले यस अघि  एक पटक मात्र  बन कार्यालयमा छापा हानेर रेन्जरलाई पक्राउ गरेको थियोे । बन भित्र आर्थिक चलखेल बढी नै हुने भए पनि अहिलेसम्म कार्यालयको गोप्य समाचार बाहिर सार्वजनिक भएको थिएन । कार्यालय प्रमुख र कर्मचारी बीचको एकताको कारण जतिसुकै आर्थिक भ्रष्टाचार हुने गरेको भए पनि बिगतमा उक्त घटना हम्मेसी बाहिर आउदै थियोे ।

हिजोको घटनालाई लिएर डिभिजन बन कार्यालय उदयपुरमा शुक्रबार कर्मचारीको आन्तरिक बैठक बसेको छ । डिभिजन प्रमुख सहितको कर्मचारीको बैठकले हिजोको घटनाको सत्य तथ्य पत्ता लगाउने र अख्तियारमा उजुरी दिने ब्यक्तिको खोजी गरिने बिषयमा छलफल भएको एक सहभागीले बताए ।

डिभिजन प्रमुख श्रेष्ठ संग सो बिषयमा जानकारी लिन पटकपटक Ti

यहाँ कमेन्ट गर्नुहोस्