०४ भाद्र २०८३, बिहिबार

स्थानियले दिएको उजुरीको आधारमा बाबुछोरा पक्राउ , प्रलोभनमा पारेर नागरिकताको फोटोकपी लिएको उनिहरुको भनाइ

कान्छो खवर । बिहिबार, भाद्र ०४, २०८३

गाईघाट  ४  भदौ  ।

स्थानिय बासिन्दाको नागरिकता दुरुपयोग गरि बैंक एकाउन्ट र इसेवा खोली बैकिङ कारोबार गरेको उजुरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

उदयपुरको बेलका नगरपालिकाको वडा नम्बर ३ र ४ का झन्डै ४४०  जना स्थानिय बासिन्दाले आफुहरुले दिएको नागरिकताको फोटो कपि दुरुपयोग भएको भन्दै प्रहरीमा दिएको उजुरी पछि बेलका नगरपालिका ४ का रितेश खत्री र उनको बुवा प्रकाश पक्राउ परेका छन् ।

बेलकाका मेयर अशोक कार्कीले पक्राउ परेकाहरुले वडा नम्बर ३ र ४ का झन्डै ५ सय स्थानिय बासिन्दाबाट नागरिकता प्रमाणपत्रको फोटोकपि  लिएर उनिहरुकै नाममा इसेवा तथा विभिन्न बैंक तथा बित्तीय सस्थाहरुमा खाता खोली बैकिङ कारोबार गरेको बताए ।

सर्बसाधारण सग खत्री बाबू छोराले अनुदान पारी दिने , उपभोक्ता समिति गठन गरेर बिकास निर्माणमा सहभागिता गराउने , रोजगारीको प्रलोभन देखाएर नागरिकताको फोटो कपि लिएको मेयर कार्कीले बताए ।

नागरिकताको फोटो कपि र त्यही बेला खिचेको फोटोको आधारमा खत्री द्वयले बैंक र इसेवा खोलेका रहेछन्  उनले भने । आफुले नखोलेको खाता र इसेवामा बैकिङ कारोबारको सूचना आए पछी उनिहरुले  खोजीनिधि गरेको कार्कीले बताए ।

पीडितहरुले मलाई आएर जानकारी गराए पछी प्रहरीलाई घटना बारे प्रहरीलाई जानकारी गराएर अनुसन्धान सुरु गरिएको मेयर कार्कीले बताए । उनिहरुले प्रलोभनमा परेर नागरिकताको फोटो कपि दिएको खुले पछी पीडित सबै जना भेला भएर प्रहरी कहा उजुरी दिन लगाएको उनलेे बताए ।

उनले अनुसन्धान बाट २३८ जनाको नाममा इसेवा र विभिन्न बैंक तथा बित्तिय सस्थामा खाता खोलिएको पत्ता लागेको बताए । १४७ जनाको नाममा इसेवा र अरुको नाममा बैंक एकाउन्ट खोलिएको उनलेे बताए ।

 

प्रहरी अनुसन्धानबाट बेलका ३ कि एक महिलाको खाताबाट ८४ लाख , वडा नम्बर ४ कि एक महिलाको खाताबाट ४६ लाख ९६ हजार र अर्की एक महिलाको एकाउन्ट मार्फत २३ लाखको कारोबार भएको देखिएको उनले बताए ।

उक्त घटना सार्वजनिक भए सगै अहिले प्रहरीको सिआइबी र वैदेशिक रोजगार बिभागको टोलि आएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले यो घटनाको निकै गहिरिएर अनुसन्धान भैरहेको जनाएको छ ।

यो घटनामा बैकिङ कारोबारको विवरण र कारोबारको स्रोत र खत्री बाबु छोरा बाहेक अरु ब्यक्ति सङ्लग्न भए नभएको खोजी र करोडौं रकम किन अरुको एकाउन्ट प्रयोग गरेर कारोबार गरियो भन्ने बारेमा अनुसन्धान भैरहेको एक प्रहरी अधिकृतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्