कान्छो खवर । मंगलबार, साउन २६, २०८३
गाईघाट २६ साउन ।
उदयपुर सिमेन्ट उधोगले गैडा छाप सिमेन्टको बिक्रीवितरण सुरु गरेको छ ।सिमेन्ट प्याकेजिङ गर्ने बोरा अभावमा भण्डारमा रहेको सिमेन्ट बिक्रीवितरण हुन नसकेको अबस्थामा उधोगले मंगलबारदेखि सिमेन्टको बिक्रि सुरु गरेको हो ।
झन्डै ४० हजार बोरा सिमेन्ट लामो समयदेखि सिमेन्ट भकारीमा रहेको अबस्थामा उधोगले बोरा अभावमा बिक्रीवितरण गर्न सकेको थिएन । दुई दिन अघि बोरा आए पछि उधोगले बिक्रेतालाई जानकारी गराएर सिमेन्टको बिक्रीवितरण खुला गरेको उधोगका निमित्त महाप्रबन्धक बैधनाथ झाले बताए ।
उधोग बन्द भए पनि भण्डारमा रहेकोे सिमेन्ट बोरा अभावमा बिक्रीवितरण गर्न सकिएको थिएन । झाले भने । उनले झन्डै ५ देखि ६ करोड मुल्य बराबरको सिमेन्ट सिमेन्टको भकारीमा रहेकोे बताए ।
आज पहिलो दिन ५ लाख २० हजार मुल्य बराबरको ७ सय २० बोरा सिमेन्ट गरिएको उनलेे बताए । दुई गाडी सिमेन्ट बिक्रि गरिएकोमा गाईघाटमा एक र जनकपुरमा एक गाडी बिक्रि गरिएको झाले बताए ।
भोलिदेखि सिमेन्टको बिक्रीवितरण अझ बढ्ने उनले बताए ।
सिमेन्ट बोरा आपूर्ति गर्ने आशीर्वाद पोलि स्याक्स चितबनलाई उधोगले बोरा सप्लायर्स गरे बापत झन्डै ३८ लाख रुपैया भुक्तानी गर्न बाकी रहेको छ । पुरानो बक्यौता नतिरेपछि उसले उधोगलाई बोरा आपूर्ति गर्न बन्द गरेको थियोे ।
उधोगमा रहेको सिमेन्ट बोरा अभावमा बिक्रीवितरण हुन नसके पछि निमित्त महाप्रबन्धक झाको पहलमा आपूर्तिकर्ताले ५३ हजार थान बोरा उधोगलाई पठाएको हो । झाले आफनै पहलमा सिमेन्ट बिक्रि गरेर पैसा दिने प्रतिबद्धता जनाए पछी आपूर्तिकर्ताले बोरा उपलब्ध गराएको हो ।
झाले सिमेन्ट बिक्रि गरेर आउने पैसाबाट बोरा आपूर्ति कर्तालाई पैसा भुक्तानी गरिने बताए ।