कान्छो खवर । बिहिबार, आषाढ २५, २०८३
गाईघाट २५ असार ।
बिधुत लाईन मर्मत गर्नकै क्रममा करेन्ट लागेर मृत्यु भएका बिधुत प्राधिकरण उदयपुरका करार सेवामा कार्यरत कर्मचारी मिलन राईको परिबारलाई दुर्घटना बिमा बापतको ७ लाख रुपैया राहत तथा क्षतिपुर्ति उपलब्ध गराउने सहमति भएको छ ।
बिराटनगरमा बिहिवार मृतकका परिबार , स्थानियवासिन्दा र कोशी प्रादेशिक कार्यालय बिराटनगरका प्रमुख निर्देशक कमल आचार्य र बिधुत प्राधिकरण उदयपुर वितरण केन्द्रका प्रमुख मनोज झा बीच भएको छलफलमा उक्त सहमति भएको हो ।
सहमति अनुरुप क्षतिपुर्ती रकम बाहेक मृतकको अन्त्यष्टी तथा काजकिरिया खर्च बापत पीडित परिबारलाई २५ हजार रुपैया ठेकेदार कम्पनी गरुड सपोर्ट सर्भिसेस प्राली काठमाडौले उपलब्ध गराउने छ ।
त्यसै गरि तत्कालकोलागि मृतकका आफन्त मध्य एक जनालाई बिधुत प्राधिकरणको कुनै पायक पर्ने शाखामा करार सेवामा रोजगारीको ब्यबस्था गर्ने निर्णय भएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए ।
मृतकका छोरा नाबालक रहेकोेले पछी उमेर पुगे पछी शैक्षिक योग्यताको आधारमा सेवा करारमा रोजगारी उपलब्ध गराउने सहमति भएको उनले बताए । सहमति अनुसार उक्त घटनाको छानबिन प्रक्रियामा नेपाल बिधुत प्राधिकरण र ठेकेदार कम्पनीले प्रहरीलाई सहजीकरण गर्ने र मृतक परिबारलाई तत्काल ३ लाख रुपैया उपलब्ध गराउने सहमति भएको उदयपुर वितरणका प्रमुख झाले भय ।
बेलका नगरपालिका ९ स्थित वडा कार्यालय अगाडिको बिजुलीको पोलमा चढेर बिधुत मर्मत गर्ने क्रममा बुधबार बिहान बेलका फ्युज केन्द्रमा कार्यरत कर्मचारी राईलाई करेन्ट लागेर गम्भीर रूपमा घाइते भएका थिए । उनको उपचारको क्रममा दिउसो नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियोे ।
मृतकका आफन्त तथा स्थानिय बासिन्दाहरुले घटना लगत्तै पीडित परिबारलाई क्षतिपुर्ति र घटनाको छानबिनको माग गर्दै गाईघाटस्थित बिधुत वितरण केन्द्र घेराउ गरेका थिए । उक्त घटनालाई लिएर बिहीबार बिराटनगरमा भएको छलफल पछी प्राधिकरण र पीडित परिबार सहमति भएको हो ।