कान्छो खवर । बुधबार, आषाढ २४, २०८३
फोटो : सामाजिक संजाल
गाईघाट २४ असार ।
बिधुत मर्मत गर्ने क्रममा करेन्ट लागेर रामपुरमा बुधबार दिउसो प्राबिधिक कर्मचारीको मृत्यु भएको छ ।
बेलका नगरपालिका ९ वडा कार्यालय अगाडिको बिधुत पोलमा चढेर बिजुलि मर्मत गर्दै गर्दा बिहान १० बजेको समयमा करेन्ट लागेर घाइते भएका फ्युज सेवा केन्द्र रामपुरमा कार्यरत करार सेवाका कर्मचारी मिलन चाम्लिङ राईको उपचारको क्रममा बिराटनगरस्थित नोबेल अस्पतालमा दिउसो १ बजे मृत्यु भएको बिधुत प्राधिकरण वितरण केन्द्र उदयपुरका प्रमुख मनोज झाले बताए ।
उनले बिहान १० बजे बिधुत मर्मत गर्ने क्रममा राईलाई करेन्ट लागेर घाइते भए पछी बेलका नगर अस्पताल प्रारम्भिक उपचार पछी थप उपचारकोलागि बिराटनगर लगिएको र उपचार कै क्रममा मृत्यु भएको बताए ।
रामपुर घर रहेका राई बिधुतमा करारका कर्मचारी हुन् । उनले शब रामपुर ल्याउने तयारी भैरहेको प्रमुख झाले बताए ।