कान्छो खवर । आइतबार, आषाढ २१, २०८३
पत्रकार सम्मेलनमा पीडित परिबारका आफन्त
गाईघाट २१ असार ।
सडक दुर्घटनामा मृत्यु भएका ब्यक्तिका आफन्तले आफुहरुको माग पुरा नभएकोले आइतबारदेखि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
पीडित परिबारले न्याय नपाएको भन्दै पत्रकार सम्मेलन मार्फत आन्दोलनमा उत्रने जनाएका हुन् । गत बिहीबार उदयपुरगढी गाउपालिका ७ फुस्रेस्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल पछाडी बसेका २८ बर्षीया यमुना बिक ” अधिकारी ” को मृत्यु भएको थियोे ।
मृतकका आफन्तहरुले नाबालक दुई सन्तानको शिक्षा , पालनपोषणकोलागि उचित क्षेतिपुर्तिको माग राख्दै अहिलेसम्म शब बुझेका छैनन् । ऊनीहरुको अडानको कारण शबको अझै पोस्ट मार्टम हुन सकेको छैन ।
पीडित परिबारले सवारी दुर्घटनामा पाउने पाँच लाख राहत र घाइतेको उपचार खर्च बाहेक थप पाँच लाखको माग गर्दै आएका छन् । ट्रक धनी र पीडित परिबार बीच अतिरिक्त रकमको लागि भएकोमा पटकपटकको छलफल बाट कुनै निष्कर्स ननिस्किए पछी उनिहरु आन्दोलनमा उत्रने भएका हुन् ।
मृतककि जेठानी सरिता बिकले पटकपटकको छलफल पछी गाडी घनीले थप रकम दिन नसक्ने बताए पछी आन्दोलनमा उत्रनु परेको बताइन् । हामी नाबालक दुई सन्तानको पालनपोषणकोलागी थप रकम मागेका थियौ तर ट्रक धनीले बेवास्ता गरेको कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताइन् ।
उनले आफ्नो माग प्रति प्रहरी प्रशासनले समेत पहल नगरी दिएको बताइन् ।
असार १८ गते दिउसो कटारीदेखि गाईघाट आउदै गरेको ना ५ ज २८ ४२ नम्बरको ट्रकको ठक्करबाट बिपरित दिशा तर्फ जादै गरेको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल पछाडि बसेकी बिकको घटना स्थलमै मृत्यु भएको थियोे भने उनकी श्रीमान मोटरसाइकल चालक गम्भीर रूपमा घाइते भएका छन् ।