२० आषाढ २०८३, शनिबार

उदयपुरको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित तीन जना पक्राउ

कान्छो खवर । शुक्रबार, आषाढ १९, २०८३

गाईघाट   १९   असार   ।

प्रहरीले बिहिवार छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

सप्तरीदेखि दमौटी तर्फ आउदै गरेको स्कुटर चेकजाँचको क्रममा त्रियुगा नगरपालिका ५ खोरिया खोलादेखि त्रिनपा १० बोक्सेका २४ बर्षिय दिलिप खड्कालाई  दिउसो ४ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट ओपिडोल २४५ ट्याब्लेट र स्पास्मो २४५ गरि ४९० थान लागूऔषध बरामद गरिएको जनाएको छ ।

त्यसै गरी सोही दिन साझ ४.४५ बजेको समयमा कटारीदेखि दुई युवा लागूऔषध सहित पक्राउ परेका छन् । राजाबासदेखि कटारी तर्फ आउदै गरेको अबस्थामा प्रहरीले मोटरसाइकल चालक २४ बर्षिय श्याम सहनी  र पछाडि बस्ने २९ बर्षिय रबिन खड्कालाई  मोटरसाइकल चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको  हो ।

प्रहरीले उनिहरुको साथबाट ट्यापेन्टाडोल ३०० पिस र नगद ३४ हजार समेत बरामद गरेको छ । पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत उदयपुर मार्फत म्याद थप गरि अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्