१६ आषाढ २०८३, मंगलबार

गाईघाट बजारको सडक पिच र स्तरोन्नति गुणस्तरीय हुन सकेन , पिच गरेको चौबीस घन्टा नहुदै कालो पत्रे उप्कियो

कान्छो खवर । मंगलबार, आषाढ १६, २०८३

गाईघाट  १६   असार  ।

कालोपत्रे गरेको चौबिस घन्टा नबित्दै पिच  उप्किए पछी बिश्व बैंकको सहुलियतपुर्ण ऋण सहयोगमा त्रियुगा नगर भित्र निर्माणधिन सडक स्तरउन्नती र कालो पत्रे गर्ने निर्माण कम्पनी र त्रियुगा नगरपालिकाका  प्राबिधिक कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने स्थानिय बासिन्दाले माग गरेका छन् ।

सम्झौता गरेको १५ महिना भित्रमा काम सक्नुपर्ने कार्यदेश भए पनि निर्माण सुरु गरेको झन्डै ३ बर्ष हुन लाग्दा समेत सडक निर्माणको काम सकिएको छैन । ठेकेदार कम्पनीले गरिरहेकोे सडक पिच र स्तरोन्नति समेत गुणस्तरीय नभएको र बिओक्यु बिपरित रहेको भन्दै स्थानि बासिन्दाले गुनासो गरिरहेका छन् ।

निर्माणधिन योजना अन्तरगत सिटिहल- सिमल्टार  सडकको आइतबार कालो पत्रे गरिएकोमा सोमबार पुरै पिच उप्किएको छ । पिच गरेको चौबीस घन्टा नबित्दै कालो पत्रे उप्किए पछी सडकको गुणस्तर माथि नै प्रश्न उठेको छ ।

सामाजिक सन्जाल मार्फत उक्त सडकको बारेमा निकै टिकाटिप्प्नी भए पछी नगरपालिकाको दबाबमा पुन सडक कालो पत्रे गरिएको छ ।

अहिलेसम्म कै ठुलो लागतमा निर्माण भैरहेको गाईघाट बजार सडक स्तरोन्नति र कालो पत्रेको अनुगमन र निर्माण भैरहेको समयमा नगरपालिकाका प्राबिधिक कर्मचारी संगै रहने भए पनि सडक निर्माणको काम किन गुनस्तरीय हुन सकेन भन्दै स्थानिय बासिन्दाले प्राबिधिक कर्मचारीमाथि औंला ठर्याएका छन् ।

स्थानिय बासिन्दा राहुल यादवले प्राबिधिक कर्मचारी र जनप्रतिनिधि समेतको मिलिमतोमा सडक निर्माणको काम गुणस्तरहिन रहेको बताए ।

बजारको बीच मुटुमा निर्माण कम्पनीले सडक स्तरोन्नति र कालो पत्रे कमसल किसिमले गरिरहेकोमा सम्बन्धि निकायबाट प्रभाबकारी ढंगले अनुगमन नहुदा जनप्रतिनिधि र कर्मचारीकोमाथि नै स्थानिय बासिन्दाले प्रश्न उठाइ रहेकोे उनले बताए ।

स्थानिय ओम श्रेष्ठले कर्मचारीको मिलोमतोको कारण  बजार क्षेत्रमा निर्माण भैरहेको सडक र कालो पत्रे गुणस्तरहिन रहेको बताए । राम्रो र स्तरीय काम भएको भए किन पिच गरेको चौबीस घन्टा नबित्दै कालो पत्रे उप्कियो ? उनले भने ।

बिश्व बैंकको ६७ करोडको  ऋण सहयोगमा त्रियुगा नगरपालिकाको १०, ११,१२, र १३ वडाका ९ वटा सडक बाटोलाई समेटेर १४ .५० किमि सडक  कालो पत्रे र सडक स्तरोन्नति गर्न २० ८०/ चैत ३० मा नगरपालिका र निर्माण कम्पनी आशिष – आशीर्वाद – स्वामीनारायण जेभी बिच सम्झौता भएको थियोे ।

अहिलेसम्म झन्डै ९० प्रतिशत काम भैसकेको नगरपालिकाले जनाएको छ । नगरको केहि भागमा सडक पिचको काम अझै  हुन सकेको छैन ।लामो समय ठेकेदार बेपत्ता भएकोले पनि निर्माणकार्य निर्धारित समयमा हुन नसकेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्