कान्छो खवर । सोमबार, आषाढ १५, २०८३
गाईघाट १५ असार ।
नेपाली काङ्ग्रेसका युवा नेता सुमन चौधरीले पार्टी परित्याग गरेका छन् । उनले सोमबार सामाजिक संजालमा लेख्दै पार्टी छोडेको जानकारी गराएका छन् ।
जिल्ला पार्टी सभापतिलाई सम्बोधन गर्दै उनले असार १५ गतेबाट लागू हुने गरि नेपाली काङ्ग्रेसको सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् ।
बिगत २५ बर्ष देखि नेपाली काङ्ग्रेसमा विभिन्न तहमा रहेर काम गरेको उल्लेख गर्दै उनले ब्यक्तिगत कारणले पार्टीको साधारण सदस्य समेत नरहने गरि काङ्ग्रेस छोडेको उल्लेख गरेका छन् ।
चौधरी समुदायमा लोकप्रिय रहेका चौधरीले किन काङ्ग्रेस परित्याग गरे भन्ने बारे ब्यक्तिगत कारण बाहेक अन्य कुनै कारण खुलाएका छैनन् । उनी निकट भबिस्यमै हर्क साम्पाङको श्रम सस्कृती पार्टीमा प्रवेश गर्न लागेको उनी निकटका ब्यक्तिहरुले बताएका छन् ।
आउदो स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै चौधरी श्रम सस्कृती पार्टीमा प्रवेश गर्दै त्रियुगा नगरपालिकाको मेयर पदमा उमेदवार बन्ने कै लागि काङ्ग्रेस परित्याग गरेको उनका एक सहकर्मीले बताए ।
पार्टी परित्याग गरेको बारे उनले ब्यक्तिगत कारण कान्छो खबरलाई बताए ।